एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

  • Technology Khabar | १ कार्तिक २०८३, शनिबार
एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

काठमाडौं ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ ।

सिंगापुरको सरकारी निकाय इन्टरप्राइज सिंगापुरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, अगस्टमा पनि गैरतेल घरेलु निर्यात ४६.१ प्रतिशतले बढेको थियो।

सेप्टेम्बरमा विद्युतीय सामग्रीको निर्यात १०७.६ प्रतिशतले बढेको छ । कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित वस्तुको बलियो मागले यस वृद्धिलाई सहयोग पुर्‍याएको हो । यसैगरी, गैरविद्युतीय सामग्रीको निर्यात ५४.२ प्रतिशतले वृद्धि भएको छ।

गैरतेल पुनःनिर्यात पनि सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा ४७.८ प्रतिशतले बढेको छ। अगस्टमा यस्तो निर्यात ५३.२ प्रतिशतले वृद्धि भएको थियो ।

पुनःनिर्यातअन्तर्गत विद्युतीय सामग्रीको निर्यात ६४.२ प्रतिशत र गैरविद्युतीय सामग्रीको निर्यात २२.१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।

यसैबीच, सिंगापुरको कुल वस्तु व्यापार सेप्टेम्बरमा ५०.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना अगस्टमा यस्तो वृद्धि ४४.४ प्रतिशत थियो । सेप्टेम्बरमा निर्यात र आयात दुवैमा वृद्धि भएको इन्टरप्राइज सिंगापुरले जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...