बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न

  • Technology Khabar | १ कार्तिक २०८३, शनिबार
बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न

काठमाडौं ।

डिजिटल मार्केटिङ (सोसियल मिडिया मार्केटिङ तथा कन्टेन्ट क्रिएसन) सम्बन्धी ६ दिने तालिम बीरगञ्जमा समापन समारोहसहित सफलतापूर्वक सम्पन्न भएको छ।

अक्टोबर ९ देखि १४ सम्म तालिम सञ्चालन गरिएको थियो।

क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ बीरगञ्जका पूर्व अध्यक्ष राकेश शाहले यस्तो सीपमूलक तालिम आयोजना गरेकोमा रोबोटिक्स एसोसिएसन अफ नेपाल र कोड प्रोजेक्टप्रति आभार व्यक्त गरेका छन्। यस्ता तालिमलाई आफूले सधैँ सहयोग गर्ने र भविष्यमा पनि बीरगञ्जमा यस्ता कार्यक्रम हुने अपेक्षा गरेको उनले बताए।

साथै, कोड प्रोजेक्टका संयोजक रिषभ राजलाई आफ्नो फर्मका लागि डिजिटल मार्केटरका रूपमा ५ जना विद्यार्थी सिफारिस गर्न अनुरोध गरेको र उनीहरूलाई पारिश्रमिकसहितको इन्टर्नसिप उपलब्ध गराउने घोषणा गरे।

आवर संसार नेपालका अध्यक्ष तथा उद्यमी मुकेश शाहले विद्यार्थीहरूले यस्ता तालिमबाट ज्ञान र प्रमाणपत्र पाउनुका साथै कोर्सेरा जस्ता अनलाइन प्लेटफर्मबाट पनि सिक्न र प्रमाणपत्र लिन सक्छन् भन्ने जानकारि दिए।

प्रकाशित: १ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...