
काठमाडौं ।
काठमाडौं । शाओमीले रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अपग्रेड गरेर कम्पनीले रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ ।
यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनीको क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् । रेडमी ७ ए मा कम्पनीले दुई वर्षको वारेन्टी प्रदान गरेको छ ।
यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हाम्रा नेपालका एमाई फ्यानहरुलाई नयाँ रेडमी ७ ए फोन ल्याउन पाउँदा निकै खुसी छौं । १२ एमपी सोनीको सेन्सर क्यामेराको अनुभव प्रदान गर्ने २गीगाहर्ज अक्टा–कोर क्वालकम स्न्यापड्रेगन ४३९ ले संचालित रेडमी ७ ए मा अविश्वसनीय विशेषताहरु रहेका छन् । साथै, रेडमी ७ ए ४००० एमएएच ब्याट्री भएको रेडमी “ए” सिरिजकै पहिलो यस प्रकारको स्मार्टफोन हो ।’
रेडमी ७ ए मा १२ एमपी सोनीको सेन्सर रहेको छ जुन सेन्सर भएको यस सेगमेन्टकै पहिलो फोन हो । यस फोनमा उत्कृष्ट पोट्रेट सेल्फीका लागि एआई पोट्रेट मोड सहितको ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।
प्रयोगकर्ताका अनुभवलाई अझै बढाउन, रेडमी ७ ए मा वायरलेस एफएम रेडियो छ जसमा इयरफोनको आवश्यकता बिना नै रेडियो सुन्न सकिन्छ । उत्कृष्ट भिविङ एन्गलका साथ यसमा (५.४५ इन्चको एचडी प्लस फूल स्क्रिन डिस्प्ले रहेको छ । रेडमी ७ ए मा डूअल सिम प्रयोग गर्न सकिन्छ साथै यसमा डेडिकेटेड माइक्रो एसडी कार्ड सल्ट रहेको छ जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ । रिइन्फोर्सड् कर्नर र स्प्ल्यास प्रुफ डिजाइनले गर्दा फोन खस्दा वा पानीमा भिज्दा पर्ने जोखिमबाट बचाउने कम्पनीको भनाई छ ।
रेडमी ७ ए म्याट ब्लाक र म्याट ब्लु भेरियन्टमा उपलब्ध हुनेछ । २ जीबी प्लस ३२ जीबी भेरियन्ट रु ११,५०० मा अगष्ट ९ तारिखबाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र डराज डट कम डट एनपी मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार