आईएमई लाइफ इन्स्योरेन्सको २१ घातक रोग विरुद्ध रक्षावरण योजना बुटबलमा

  • Technology Khabar | २१ श्रावण २०७६, मंगलवार
आईएमई लाइफ इन्स्योरेन्सको २१ घातक रोग विरुद्ध रक्षावरण योजना बुटबलमा

काठमाडौं ।

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” साउन १६ देखि १८ वटासम्म प्रदेश नं.५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन ।

उक्त योजना सार्वजनिक भए सँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कुरा कम्पनीले जनाएको छ ।

यस योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरीएको छ । दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नु पर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जानकारी दिए ।

प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...