
काठमाडौं ।
काठमाडौं । शाओमीले रेडमी ब्राण्डमा ल्याएको रेडमी नोट सेभेनको सफलताबाट उत्साहित हुँदै अर्को स्मार्टफोन रेडमी नोट ८ ल्याउने तयारी गरेको छ ।
कम्पनीले रेडमी नोट सेभेन लन्च भएदेखि अहिलेसमम ५० लाख युनिट बिक्री गरिसकेको छ । कम्पनीले नेपालमा पनि रेडमी सिरिजका स्मार्टफोनहरु बिक्री गर्दै आएको छ ।
रेडमी नोट सिरिजको नयाँ फोन रेडमी नोट ८ आउने कम्पनीका जनरल म्यानेजर लु बेईबिंगले जानकारी दिएका छन् ।
उनकाअनुसार रेडमी नोट ८ र रेडमी नोट ८ प्रो लन्च हुनसक्नेछ । रेडमी नोट ८ सिरिजको स्मार्टफोन अहिलेको भन्दा पावरफुल हुनेछ ।
नयाँ फोनमा मिडियाटेक हेलियो जी९०टी प्रोसेसर हुने चर्चा बाहिर आएको छ । किनकी मिडियाटेकले नयाँ प्रोसेसर लन्च गर्न भारतमा आयोजित कार्यक्रममा शाओमी इण्डियाका हेड मनु जैनले मिडिया टेकमा आधारित नयाँ स्मार्टफोन आउने बताएका थिए ।
रेडमी ब्राण्डमा कम्पनीले संभवत ६४ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन पनि ल्याउने तयारी गरिरहेको छ । यसको लागि अगस्ट ७ तारिखमा चीनमा एक इभेन्ट हुँदै जसमा ६४ मेगापिक्सेयुक्त स्मार्टफोन लन्च हुनेछ । तर यो कुन स्मार्टफोन हुन्छ भन्ने जानकारी छैन् । एजेन्सी
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार