निरन्तरको हावाहुरी सहितको वर्षाका कारण नेपाल टेलिकमको सेवा अवरुद्ध

  • Technology Khabar | ११ आश्विन २०८३, आईतवार
निरन्तरको हावाहुरी सहितको वर्षाका कारण नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं ।

नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखिको निरन्तरको हावाहुरी सहितको वर्षा र देशका धेरै स्थानमा गएको बाढी पहिरोका कारण सिर्जना भएको विषम परिस्थितिका कारण कम्पनीका कतिपय स्थानका सेवा अवरुद्ध हुन पुगेका जनाएको छ।

भारी वर्षा र पहिरोको कारणले यात्रामा भएको कठिनाई, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षात् र वादलका कारण सोलार साइटको न्यून प्रभावकारिताका कारण समेत कम्पनीले उपलब्ध गराइरहेको सेवा निरन्तरतामा कठिनाई हुन पुगेको उल्लेख गरेको छ।

कम्पनीले भनेको छ, “प्राविधिक रुपमा सिस्टमबाट गर्न सकिने मर्मत सम्भारका कार्य तथा सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य निरन्तर भइरहेको छ। मौसममा हुने सुधार क्रमसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिकहरु तयारी अवस्थामा रहनुभएको समेत जानकारी गराइन्छ।”

प्रकाशित: ११ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार