काठमाडौं ।
एलजी इलेक्ट्रोनिक्स इन्डियालाई १ अर्ब ५३ करोड ५७ लाख भारतीय रुपैयाँ बराबरको भन्सार महसुल असुलीका लागि ‘कारण देखाउ’ सूचना पठाएका छन्।
शुक्रबार सार्वजनिक गरिएको नियामक विवरणअनुसार, केही आयातित वस्तुहरूको कर-योग्य मूल्यमा रोयल्टी भुक्तानी समावेश नगरिएको भन्दै भन्सार अधिकारीहरूले नोटिस पठाएका हुन्।
“कम्पनीले ‘डाइरेक्टोरेट अफ रेभिन्यु इन्टेलिजेन्स’ (डीआरआई) को अनुसन्धानका क्रममा ‘कारण देखाउ’ सूचना प्राप्त गरेको छ। उक्त अनुसन्धानमा केही आयातित वस्तुहरूको कर-योग्य मूल्यमा रोयल्टी भुक्तानी समावेश नगरिएको आरोप लगाइएको छ। यस सूचनामार्फत १ अर्ब ५३ करोड ५७ लाख ६७ हजार ७११ रुपैयाँ बराबरको भन्सार महसुल असुलीको प्रस्ताव गरिएको छ,” एलजी इन्डियाले नियामक विवरणमा उल्लेख गरेको छ।
स्पष्टीकरण मागिएको उक्त सूचनामा भन्सार महसुल कम भुक्तानी भएको विषय पनि उल्लेख छ।
वासिङ मेसिन, रेफ्रिजरेटर र टेलिभिजनलगायतका उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू उत्पादन गर्ने उक्त कम्पनीले भन्यो, “कम्पनीले हाल यस विषयको समीक्षा गरिरहेको छ र तोकिएको समयभित्र सम्बन्धित निकायसमक्ष आफ्नो जवाफ पेस गर्ने योजना बनाएको छ। कम्पनीले ‘भन्सार ऐन, १९६२’ र यससँग सम्बन्धित नियमहरूको पूर्ण पालना गर्दै भन्सार महसुल उचित रूपमा भुक्तानी गरेको विश्वास लिएको छ।”
प्रकाशित: ११ आश्विन २०८३, आईतवार