काठमाडौं ।
नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्राइभेट लिमिटेड र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउन उक्त सम्झौता गरिएको हो।
सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ। यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ।
यो सजिलो फाइनान्सिङ सुविधा होण्डाका उत्कृष्ट तथा लोकप्रिय मोडलहरू जस्तै: होण्डा सीआर-भी, सिटी इस्एचईभी, फिफ्थ जेन सिटी र एलिभेट लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुनेछ।
उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड (मोर्गेज बैंकिङ एण्ड अटो लोन) दीपक आचार्य तथा स्याकार ट्रेडिङ्ग कम्पनी (होण्डा कार) को तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका थिए।
प्रकाशित: १० आश्विन २०८३, शनिबार