प्रविधि

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच स्मार्टपे आईबीएफटी सम्बन्धी सम्झौता

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच स्मार्टपे आईबीएफटी सम्बन्धी सम्झौता
Global IME Bank

हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बीच स्मार्टपे आईबीएफटी (इन्टर बैक फन्ड ट्रान्सफर) अन्तर बैंक रकमान्तर सेवा सञ्चालन तथा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भई स्मार्टपे आईबीएफटी मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदान प्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको स्मार्टपे आईबीएफटी रकम स्थानान्तरण सम्बन्धी सेवा हो, जसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ।

यस सेवाले विभिन्न क्षेत्र बीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँचको अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ।

Sajilo Visa
easy care