होण्डाद्वारा ‘फेस्टिभ अफर होण्डाको सफर’ नामक आकर्षक योजना सार्वजनिक

  • Technology Khabar | ९ आश्विन २०८३, शुक्रबार
होण्डाद्वारा ‘फेस्टिभ अफर होण्डाको सफर’ नामक आकर्षक योजना सार्वजनिक

काठमाडौं ।

नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘फेस्टिभ अफर होण्डको सफरु नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।

ग्राहकहरुको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो।

कम्पनीका अनुसार ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा १ आर्थिक वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइएको छ।

गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ र १ वर्षको लागि निःशुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन–द–स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ।

नयाँ गाडी खरिदलाई आर्थिक रुपले थप सहज बनाउन स्याकार हायर पर्चेज र एन आईसी एसिया बैंक सँगको सहकार्यमा आकर्षक र निकै कम ब्याजदरमा सजिलो फाइनान्सिङको सुविधा पनि यस अफरमा समावेश गरिएको छ।

कम्पनीका अनुसार यो ‘फेस्टिभ अफर होण्डको सफर’ सेप्टेम्बर २५ २०२६ देखि सुरु भई नोभेम्बर १६, २०२६ सम्म देशभरका होण्डा कार शोरुमहरुमा लागू हुनेछ। कम्पनीका अनुसार यस योजना अन्तर्गत होण्डा कार खरिद गर्दा नियम तथा सर्तहरू लागू हुनेछन्।

प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...