दिनभर समस्याग्रस्त रहेको सर्वोच्च अदालतको सिस्टम सर्भर अपग्रेड सम्पन्न, सेवा सुचारु

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
दिनभर समस्याग्रस्त रहेको सर्वोच्च अदालतको सिस्टम सर्भर अपग्रेड सम्पन्न, सेवा सुचारु
फाइल तस्बिर

काठमाडौं ।

सर्वोच्च अदालतले आफ्नो सिस्टम सर्भर अपग्रेड सम्पन्न भएर सेवा सुचारु भएको छ। अदालतले आज एक सूचना जारी गर्दै सिस्टम सर्भर अपग्रेडका कारण केही समय सिस्टमबाट प्रकाशित हुने विवरणमा प्रभाव पर्न सक्ने जनाएको थियो।

यसअघि आज दिनभर सर्वोच्च अदालतसहित अन्य सबै अदालतहरुको पेशी सूचीमा समेत समस्या आएको थियो।

सूचनामा अदालतले २०८३/०४/२२ गते अर्थात् आजदेखि सिस्टम सर्भर अपग्रेड गर्ने र अपग्रेडका क्रममा अदालतको सिस्टम सर्भर पनि नचल्ने भएकाले केही समय सिस्टमबाट प्रकाशित गर्न नसकिने र म्यानुअल कजलिस्टमार्फत् काम चलाइने उल्लेख गरिएको थियो।

यस सम्बन्धमा बुझ्दा सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले टेक्नोलोजीखबरलाई भने, ‘हामीले आजबाट सिस्टम सर्भर अपडेट शुरु गरेका थियौं। आज नै सर्भर अपडेटको काम सकिएर सेवाहरु पुन: सुचारु भैसकेका छन्।’

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार