वन कभरद्वारा १०० प्रतिशत भर्चुअल ‘साइबर सेक्युरिटी इन्टर्नशिप’ कार्यक्रम सार्वजनिक

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
वन कभरद्वारा १०० प्रतिशत भर्चुअल ‘साइबर सेक्युरिटी इन्टर्नशिप’ कार्यक्रम सार्वजनिक

काठमाडौं ।

वन कभरद्वारा १०० प्रतिशत भर्चुअल ‘साइबर सेक्युरिटी इन्टर्नशिप’ कार्यक्रम सार्वजनिक गरेको छ।

डिजिटल प्रविधिको तीव्र विकाससँगै देशमा साइबर सुरक्षा क्षेत्रको महत्त्व र माग दिन प्रतिदिन बढ्दै गएको बेला सेक्युरिटी फर्म वन कभर प्रइभेट लिमिटेडले नेपालमै पहिलोपटक उक्त कार्यक्रम सञ्चालनमा ल्याएको दाबी गरेको हो।

किताबी ज्ञान र वास्तविक सेक्युरिटी डिफेन्सबीचको खाडल पुर्दै देशैभरका विद्यार्थी तथा भर्खरै स्नातक भएका युवाहरूलाई लक्षित गरी यो कार्यक्रम तयार पारिएको छ। ‘व्याहारिक अनुभवविना काम नपाइने र काम नपाई अनुभव बटुल्न नसकिने’ युवाहरूको पुरानो चुनौतीलाई चिर्दै यस इन्टर्नशिपले सेक्युरिटी इन्डस्ट्रीमा प्रवेश गर्ने प्रत्यक्ष मार्ग प्रदान गरेको छ।

कम्पनीकाअनुसार, १०० प्रतिशत भर्चुअल र १.१ मेन्टरसिपः भौगोलिक दुरीको बाधा हटाउँदै घरमै बसेर प्रत्यक्ष काम गरिरहेका पेनिट्रेसन टेस्टर र सेक्युरिटी इन्जिनियरहरूको प्रत्यक्ष १.१ मेन्टरसिप पाइने छ।

६ हप्ते गहन पाठ्यक्रममा रिकन एन्ड इन्फर्मेसन ग्यादरिङ, वेब एप्लिकेसन सेक्युरिटी, एपीआई सेक्युरिटी टेस्टिङ, नेटवर्क एन्ड इन्फास्ट्रकचर, मोबाइल एप्लिकेसन सेक्युरिटी तथा रिर्पोटिङ एन्ड क्लाइन्ट कम्युनिकेसन जस्ता ६ वटा मुख्य डोमेनमा व्यावहारिक प्रशिक्षण गरिने छ।

इन्टर्नशिपबाट उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई वन कभर प्रइभेट लिमिटेड भित्रै रोजगारीको पहिलो प्राथमिकता प्रदान गरिने छ।

भौगोलिक रूपमा काठमाडौं वा ठूला सहरहरूमा आउनुपर्ने बाध्यता अन्त्य गर्दै पोखरा, विराटनगर, चितवन वा नेपालका जुनसुकै कुनाका विद्यार्थीहरूले यस अवसरको लाभ लिन सक्नेछन्।

यो कार्यक्रमले नेपालका युवा टेकप्रतिभाहरूलाई डिजिटल सुरक्षा क्षेत्रमा सक्षम बनाउन महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास कम्पनीले गरेको छ।

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार