एनभिडियाको आरटीएक्स स्पार्क एआई पीसी अक्टोबरमा बजारमा आउने

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
एनभिडियाको आरटीएक्स स्पार्क एआई पीसी अक्टोबरमा बजारमा आउने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

एनभिडियाले आरटीएक्स स्पार्क चिपबाट चल्ने पहिलो विन्डोज पीसी अक्टोबरमा सार्वजनिक हुने जनाएको छ। कम्पनीका अनुसार लेनोभो र एसरले आरटीएक्स स्पार्क चिप प्रयोग भएका आफ्ना पीसी बजारमा ल्याउनेछन्।

एनभिडियाले ल्यापटप र डेस्कटप कम्प्युटरमै एआई क्षमता उपलब्ध गराउने उद्देश्यले आरटीएक्स स्पार्क चिप विकास गरेको हो। प्रविधि कम्पनीहरूले क्लाउडमा आधारित सेवाको लागत घटाउन, गोपनीयता सुधार गर्न र प्रयोगकर्ताको डिभाइसबाटै एआई कार्य सञ्चालन गरी प्रतिक्रिया समय कम गर्न अन-डिभाइस एआईमा जोड दिइरहेका छन्।

रोयटर्सका अनुसार एनभिडियाका अनुसार एसर र लेनोभो आरटीएक्स स्पार्क चिप प्रयोग गर्ने प्रणाली सार्वजनिक गर्ने उत्पादकहरूको बढ्दो सूचीमा थपिएका छन्। आरटीएक्स स्पार्कमा ब्ल्याकवेल ग्राफिक्स प्रोसेसर र ग्रेस केन्द्रीय प्रोसेसर प्रयोग गरिएको छ।

एनभिडियाले गत जुनमा माइक्रोसफ्टसँगको सहकार्यमा आरटीएक्स स्पार्क सार्वजनिक गरेको थियो। तीन वर्षको सहकार्यपछि एआई युगका लागि पीसीलाई नयाँ स्वरूप दिने उद्देश्यले चिप सार्वजनिक गरिएको कम्पनीले जनाएको थियो। आरटीएक्स स्पार्क ताइवानको मिडियाटेकसँगको सहकार्यमा विकास गरिएको हो।

यसैबीच एप्पलले गत महिना आफ्ना म्याक मिनी र म्याक स्टुडियो डेस्कटपलाई नयाँ एम सिरिज चिपसहित अद्यावधिक गरेको थियो। एप्पलका अनुसार ती कम्प्युटरले ठूला एआई मोडल र स्वायत्त एआई एजेन्टहरू डिभाइसबाटै सञ्चालन गर्न सक्छन्।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार