काठमाडौं ।
एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख योगदान गरेको छ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको हो।
हालसम्म इसेवाका १ लाख २९ हजार १३ प्रयोगकर्ताले ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड सहयोग गरेका छन्।
फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ। भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्ट मार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख सहयोग गरेको कम्पनीले बताएको छ।
प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार