साउन महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार रकम बढ्दो

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
साउन महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार रकम बढ्दो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्ममा नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र सङ्ख्या उल्लेख्य बढेको छ।जनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ साउन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम र सङ्ख्यामा बढोत्तरी भएको हो ।

जेठ बाट असारमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ७२ करोड १ लाखले घटेर समग्रमा ५२ अर्ब ३७ करोड ७० लाखमा पुगेको थियो।

२०८३ असारबाट साउन मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम ५ अर्ब ६६ करोड ८० लाखले बढेर समग्रमा ५८ अर्ब ४ करोड ५० लाखमा आइपुगेको छ।

यसैगरी कारोबार सङ्ख्या २०८२ जेठ बाट असार मसान्तसम्म आइपुग्दा ८ लाख ५१ हजार ३१५ ले बढेर समग्रमा ५ करोड ७ लाख ८७ हजार ४३७ मा पुगेको थियो।

२०८३ असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा ६२ लाख ५३ हजार १२६ ले बढेर यो आँकडा ५ करोड ७० लाख ४० हजार ५६३ पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार