काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना २०८३ साउनभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ साउन समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकममा बृद्धि आएको पाइएको हो।
असार मसान्तबाट बाट साउन मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ५३ हजार ७४३ बढेर समग्रमा ६ लाख ८६ हजार ८५९ मा पुगेको छ।
यसैगरी कारोबार रकम असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा ६ अर्ब ८० करोड ३ लाखले बढेर ३१ अर्ब ९ करोड ६० लाख पुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार