बाढीग्रस्त नुवाकोट र रसुवामा वैकल्पिक विद्युत सेवा पुर्याउन ५०० थान सोलार पावर बैंक हस्तान्तरण

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
बाढीग्रस्त नुवाकोट र रसुवामा वैकल्पिक विद्युत सेवा पुर्याउन ५०० थान सोलार पावर बैंक हस्तान्तरण
बाढीले क्षति नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर: हेमन्त जोशी/रासस

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत सेवा प्रवाह गर्न ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ।

मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा तत्कालीन विद्युत आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सोलार पावर बैंक उपलब्ध गराएको हो।

विद्युत आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँचओटा बत्ती बाल्न सकिनेछ।

विपद्का कारण नियमित विद्युत सेवा प्रभावित भएका नागरिकलाई अत्यावश्यक सञ्चार तथा प्रकाशको सुविधा उपलब्ध गराउन सोलार पावर बैंक सहयोगी हुने मन्त्रालयले जनाएको छ।

प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन तत्काल वैकल्पिक ऊर्जा सेवा उपलब्ध गराउने तथा विद्युत पहुँचलाई निरन्तरता दिने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...