कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै

काठमाडौं ।

कुमारी जबले नेपालमा रोजगारी दिने र लिने प्रक्रियालाई अझ सहज, छिटो र व्यवस्थित बनाउन आफ्नो एआई प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टम लाई लिंक्डइन सँग जोडेको छ।

कुमारी जब र लिंक्डइन दुवैलाई जोड्दा ३७ लाखभन्दा बढी जबसिकरसम्म पहुँच पु¥याउन सक्नेछ। यसले रोजगारदातालाई आवश्यक सीप र अनुभव भएका मानिस खोज्न र उनीहरूसँग सम्पर्क गर्न झन् सजिलो हुने कम्पनीको भनाइ छ।

यसले धेरैजसो म्यानुअल काम घटाएर एचआर टिमलाई छिटो र सही निर्णय लिन सहयोग गर्ने कम्पनीले बताएको छ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीका अनुसार रोजगारी दिने क्षेत्रमा प्रविधिको प्रयोग द्रुत गतिमा बढिरहेको छ। कम्पनीहरूले उपयुक्त मानिस खोज्ने र छनोट गर्ने तरिका छिटो फेरिँदै छ। सही मानिस भेट्टाउन र रोजगारी दिन प्रविधिको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ। उनले भने, ‘लिंक्डइनसँगको यो सहकार्य नेपालका व्यवसायलाई रोजगारी दिने प्रक्रिया अझ सहज र प्रभावकारी बनाउने दिशामा यो ठूलो कदम हो।’

रोजगारदाताले आफूलाई कस्तो मानिस चाहिएको हो भन्ने कुरा सामान्य भाषामा लेखेर पनि खोज्न सक्नेछन र त्यसपछि एआईले सोही आवश्यकता अनुसार डाटाबेसमा भएका मिल्दो रिजुम पत्ता लगाउन मद्दत गर्छ।

उनले भने, ‘हामी कुमारी जब एटीएसलाई खाली जागिरको सूचना राख्ने ठाउँमा मात्र सीमित राख्न चाहँदैनौं। जागिर सूचना राखेर आवेदन कुर्नुभन्दा रोजगारदाता आफैंले आवश्यक जबसिकर खोज्न सकून् भन्ने हाम्रो उद्देश्य हो। एआईमा आधारित रिजुम खोजी र एटीएसबाट जबसिकर खोज्ने, स्क्रिनिङ गर्ने, सूची बनाउने, ट्र्याक गर्ने र व्यवस्थापन गर्ने काम अझै छिटो र सजिलो बनाउन सकिन्छ।’

कुमारी जबको एआईमा आधारित रिजुम वा सी भी खोजी सुविधाले रोजगारदातालाई की–वर्ड, सीप, पद, अनुभव, शैक्षिक योग्यता र ठेगानाका आधारमा आफ्नो डाटाबेसबाट उपयुक्त जबसिकर खोज्न मद्दत गर्छ ।

कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई र गुगल जेमिनाई जस्ता एआई प्रविधि पनि जोडेको छ जसले रोजगारदातालाई रोजगारी दिने प्रक्रियाका विभिन्न चरणमा सहयोग गर्छ।

प्लेटफर्ममा भएको ट्यालेन्ट पुल म्यानेजमेन्ट सुविधाबाट रोजगारदाताले जबसिकरको प्रोफाइल सुरक्षित राख्न, वर्गीकरण गर्न, ट्याग गर्न र भविष्यमा खाली जागिर आउँदा फेरि हेर्न सक्नेछन्।

त्यस्तै एटीएस पाइपलाइन म्यानेजमेन्ट सुविधाले जबसिकर खोज्ने वा आवेदन आउने बेलादेखि स्क्रिनिङ, सूची बनाउने, अन्तर्वार्ता, छनोट र अन्तिममा रोजगारी दिनेसम्मको सम्पूर्ण प्रक्रिया एउटै ठाउँबाट ट्र्याक गर्न सहयोग गर्दछ।

कम्पनीले आफ्नो १० लाखभन्दा बढी जबसिकरको डाटाबेस, एआईमा आधारित रिजुम खोजी, एआई–सञ्चालित एटीएस, ट्यालेन्ट पुल म्यानेजमेन्ट र लिंक्डइनसँगको सहकार्यमार्फत कुमारी जबले रोजगारदातालाई जबसिकर खोज्नेदेखि अन्तिम रोजगारी दिनेसम्मको पूरा प्रक्रिया एउटै प्लेटफर्मबाट चलाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार