काठमाडौं ।
युरोपेली संघले बुधबार नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको उद्दार प्रयासमा सहयोग गर्न आफ्नो भूउपग्रह निगरानी प्रणाली सक्रिय गरेको र थप सहयोग प्रदान गर्न तयार रहेको बताएको छ।
“नेपालमा प्रभावित क्षेत्रहरूको नक्साङ्कन गर्न र जमिनमा प्रतिक्रियालाई समर्थन गर्न कोपर्निकस सक्रिय गरिएको छ,” युरोपेली संघका प्रमुख उर्सुला भोन डेर लेयनले अनलाइन लेखिन्, “हामी थप युरोपेली सहयोग परिचालन गर्न तयार छौं।”
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको बताईएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन। बाढीपछि विभिन्न क्षेत्रमा सयौं मानिसहरु, सयौं पर्यटकहरु तथा तिर्थयात्रीहरु सम्पर्कविहीन छन्।
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार