स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक

काठमाडौं ।

स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्राइभेट लिमिटेडले नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ।

रियल लक्जरी, एज इट सुड बी मूल नाराका साथ सार्बजनिक गरेको हो।

गाडी सार्वजनिक गर्दै स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘नयाँ कोडियाकका साथ हामी नेपालमा केवल एउटा गाडी मात्र ल्याइरहेका छैनौं लक्जरी कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट अवधारणा ल्याइरहेका छौं, जहाँ इमानदारिता, शुद्धता र अनावश्यक तडकभडकविहीन परिष्कार छ। यो वास्तविक युरोपेली लक्जरी हो, जस्तो यो हुनुपर्ने हो।’

नेपालमा नयाँ जेनेरेसन स्कोडा कोडियाक तीन भेरियन्टहरूमा उपलब्ध गराइएको कम्पनीले बताएको छ।

लाउन्ज २ करोड १९ लाख ९० लाख, स्पोर्टलाइन २ करोड ३९ लाख ९० हजार, सिलेक्सन एल एण्ड के २ करोड ३९ लाख ९० हजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...