कृति अवार्ड्स आयोजना हुँदै, थपिए २४ वटा नयाँ विधा

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
कृति अवार्ड्स आयोजना हुँदै, थपिए २४ वटा नयाँ विधा

काठमाडौं ।

विज्ञापन संघ नेपाल (आन) ले नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरेको छ।

यस पटको कार्यक्रम ‘रेडबुल ईनर्जी ड्रिक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औं कृति अवार्ड्स २०८३ नामाकरण गरिएको छ।

‘कृति अवार्ड्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्दै आएको छ।

१३ औं संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएकोआयोजकको भनाई छ।

यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ भने डिजिटल, ईभेन्टस् र ईन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्र सहित २४ वटा नयाँ विधा समावेश गरिएको छ।

विज्ञापन संघ नेपाल (आन)का अनुसार यस वर्ष मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डहरूले २०८० वैशाख १ गते देखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन्।

कृति अवार्ड्स आयोजनाको बारेमा घोषणा गर्दै आनका अध्यक्ष सुदिप थापाले यस पटक धेरै विधाहरुलाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए।

‘कृति अवार्ड्सले शुरुवातदेखिनै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्धन गर्दै आएको छ। यस पटक यसलाई थप विधाहरुमा बिस्तार गरिएको छ। यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ,’ उनले भने।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार