दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं ।

एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

क्यू ०५ को म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँ मूल्यमा प्रस्तुत गरिएको छ। यी प्रारम्भिक मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन्। अटो शोपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले बताएको छ।

फुगुआङ डिजाइन दर्शनबाट प्रेरित क्यू ०५ मा सन्तुलित बडी अनुपात आत्मविश्वासी सडक उपस्थिति र ०.२६५ सीडी ड्र्याग कोएफिसियन्ट भएको एरोडाइनामिक प्रोफाइल छ। सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड विजेता क्यू ०५ मा डिजिटल विङ २.० फुल–विथ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र प्रिमियम सेमी–हिडन डोर ह्यान्डल उपलब्ध छन्।

क्यू ०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ। यसको ३सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ। यसमा जडान गरिएको १२० किलोवाटको इलेक्ट्रिक मोटरले गाडीलाई ८.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुर्‍याउन सक्छ। क्यू ०५ ले डब्लूएलटीपी परीक्षणअनुसार ४०५ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ। यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट आवोर उल्लेख गरिएको कम्पनीले बताएको छ।

प्रविधि प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके ८६७५ सात न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश छन्। भेरियन्टअनुसार १८ वटासम्म चालक सहायता प्रणाली र ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टम पनि उपलब्ध हुनेछ।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...