बीरगञ्जमा प्रोटोनको ११औं सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

  • Technology Khabar | ७ भाद्र २०८३, आईतवार
बीरगञ्जमा प्रोटोनको ११औं सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

काठमाडौं ।

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै  ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ।

हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘एलियान्ज डीएसएफ भेइकल अफ द इयर अवार्ड २०२६’ मा ‘ इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२६’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा उपलब्ध छन्।

त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दावी छ।

जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले भने, ‘प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइमा पर्नेमा हामी विश्वस्त छौं। भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै आज बीरगञ्जसम्म आइपुगेको छ। यससँगै नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ लाई ग्राहकहरूमाझ पुर्‍याउँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा स्थापित गर्ने हाम्रो अभियानलाई थप विस्तार गरेका छौं।’

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। बीरगञ्जमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३६ लाख ९९ लाख निर्धारण गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार