आजबाट च्याटजीपीटीले यूरोपमा विज्ञापन ल्याउँदै

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
आजबाट च्याटजीपीटीले यूरोपमा विज्ञापन ल्याउँदै

काठमाडौं ।

२४ अगष्ट देखि यूरोपका ३१ देशमा रहेका लाखौँ च्याटजीपीटी प्रयोगकर्ताहरुले च्याटबटसँगको कुराकानीमा विज्ञापन देख्न सक्ने भएका छन्।

विज्ञापनहरु फ्री र गो प्लान प्रयोग गर्नेहरुलाई मात्र देखाइनेछ। प्लस, प्रो र इन्टरप्राइजका ग्राहकहरुले विज्ञापन रहित रुपमा च्याटजीपीटी प्रयोग गर्न पाउने छन्।

ओपनएआइका अनुसार विज्ञापनहरु क्लियरुपमा चिनिने गरी देखाइने छ र च्याटबटका प्रतिक्रियाबाट छुट्टै राखिनेछ्। विज्ञापनदाताहरुले प्रयोगकर्ताका नीजि कुराकानिहरुमा भने पहुँच पाउने छैनन्।

कम्पनीले विज्ञापनले च्याटजीपीटीले दिने प्रतिक्रियामा कुनै प्रभाव नपर्ने स्पष्ट पारेको छ।

यूरोपमा विज्ञापन विस्तार गर्ने निर्णयले गोपनीयता र विशेषगरी संवेदनशील विषयमा कुराकानि भइरहेको बेला व्यक्तिगत रुचीअनुसार देखाइने विज्ञापनले प्रयोगकर्तालाई प्रभावित गर्न सक्ने भन्दै चिन्ता बढाएको छ।

इयूले डिजिटल सर्भिस ऐक्ट अन्तर्गत च्याटजीपीटीको सर्च फङ्सनमा थप कडा नियम लागु गर्नु पर्ने विषयमा विचार गरिरहेको छ।

 

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार