काठमाडौं ।
भारी उपकरणहरु निर्माणका लागि परिचित कम्पनी जेसीबीले आफ्नो पहिलो हाइड्रोजन कार विश्वसामु प्रदर्शन गरेको छ। बेलायती कम्पनीले हाइड्रोजनबाट चल्ने कम्बस्टन इन्जिनद्वारा सञ्चालित सबैभन्दा तिब्रगतिको सवारी साधन प्रदर्शन गरेको छ।
कम्पनीले यसलाई जेसीबी हाइड्रोम्याक्स (JCB Hydromax) नाम दिएको छ, जुन एक इन-हाउस सवारी साधन हो। यो कारले प्रति घण्टा ६५३.९० किलोमिटरको औसत गति हासिल गरेको छ। यो पृथ्वीमा सबैभन्दा छिटो कुद्ने सवारी साधन वा कार हो।
जेसीबी हाइड्रोम्याक्स विश्वको सबैभन्दा तिब्रगतिमा कुद्ने कार हो, जसले सबै गति रेकर्डहरू तोडेको छ। प्रति घण्टा ६५० किलोमिटर भन्दा बढी गतिमा चलाउन सक्षम यो कार विश्वव्यापी रूपमा छलफलको विषय बनेको छ। अमेरिकाको युटास्थित बोनभिल साल्ट फ्ल्याटमा कारको परीक्षण गरिएको थियो। एन्डी ग्रीनले संसारको सबैभन्दा तिब्रगतिको कार चलाएर सफलतापूर्वक परीक्षण पूरा गरेका छन।
जेसीबी हाइड्रोम्याक्स ४.८ लिटर क्षमताका दुई इन्जिनहरूले सुसज्जित छ। हाइड्रोजन दहन इन्जिनले कुल १६२२ एचपी पावर दिन्छ। यो कार ३२ फिट लामो छ। यसलाई बलियो बनाउनको लागि स्टील चेसिस प्रयोग गरिएको छ।
पहिलो दौडमा, कारले प्रति घण्टा ६४५ किलोमिटरको गति रेकर्ड गर्यो। जबकि, दोस्रो दौडमा, यो प्रति घण्टा ६६३ किलोमिटर भन्दा अलि बढीको गतिमा दौडियो। औसतमा, यसले प्रति घण्टा ६५४ किलोमिटरको गति हासिल गरेको छ। त्यसैले यसको बारेमा विश्वभर चर्चा भइरहेको छ।
प्रकाशित: ८ भाद्र २०८३, सोमबार