एनपीसीआई इन्टरनेसनलमार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार
एनपीसीआई इन्टरनेसनलमार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडौं ।

नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले भारत र नेपालबीच निर्बाध सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

नेपाल भ्रमणमा आउने भारतीय यात्रुहरूबीच क्यूआरमा आधारित यूपीआई भुक्तानीको बढ्दो प्रयोग तथा हालै सुरु भएको भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको रेमिट्यान्स सम्बन्धले यस प्रतिबद्धतालाई सुदृढ बनाएको हो।

यस प्रणालीले दुई देशबीच ‘पर्सन–टू–पर्सन’ (पीटूपी) रियल–टाइम रकम स्थानान्तरण गर्न सहज बनाएको छ।

कम्पनीका अनुसार भारतको रियल–टाइम अकाउन्ट–टू–अकाउन्ट भुक्तानी प्रणाली यूपीआईमार्फत मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार हुने गदर्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले यसलाई विश्वकै सबैभन्दा ठूलो भुक्तानी प्रणालीका रूपमा मान्यता दिएको छ।

जसले विश्वभर हुने रियल–टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा समेट्छ। यसको खुला र अन्तरसम्बन्धित संरचनाले नेपालभित्रको भुक्तानी पूर्वाधारसँग सहज रूपमा जोडिन सम्भव बनाएको छ। यसबाट मर्चेन्ट क्यूआर भुक्तानी स्वीकार गर्ने तथा पीटूपी रेमिट्यान्स पठाउने दुवै सुविधा उपलब्ध भएका छन्।

यात्रुहरूका लागि भुक्तानीलाई सहज बनाउनुका साथै यूपीआईले नेपालका व्यवसायीहरूका लागि पनि महत्वपूर्ण अवसर सिर्जना गरेको छ। यूपीआई भुक्तानी स्वीकार गर्दा व्यवसायीहरूले डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो ग्राहक समूहसम्म पहुँच पाउँछन्।

साथै, छिटो डिजिटल भुक्तानी, नगद प्रवाह व्यवस्थापनमा सुधार तथा भौतिक मुद्रामाथिको निर्भरता कम हुने भएकाले व्यवसाय सञ्चालनमा थप सहजता र प्रभावकारिता आउँछ।

यससँगै, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई सम्बन्धले दुवैतर्फ रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा दिएको छ। भारतीय तथा नेपाली प्रयोगकर्ताले रिसिभरको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी नेपालमा रकम पठाउन सक्छन्।

त्यसैगरी, नेपालमा रहेका भारतीय प्रयोगकर्ताले यूपीआई आईडीमार्फत भारतमा रकम पठाउन सक्छन्। यसका लागि संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्दैन, जसले दुई देशबीच समयमै र किफायती रूपमा रेमिट्यान्समा निर्भर लाखौं परिवार र व्यक्तिका लागि भुक्तानी प्रक्रियालाई थप सरल र सुरक्षित बनाएको छ।

एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने, ‘एनपीसीआई इन्टरनेशनल आम उपभोक्ता र व्यवसायहरूका लागि कनेक्टिभिटी र सहजता बढाउने निर्बाध सीमापार भुक्तानी अनुभव उपलब्ध गराउन केन्द्रित छ। हाम्रो प्रयास नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता विस्तार गर्ने, भारतीय यात्रुका लागि कारोबारलाई सरल बनाउने तथा भारत–नेपालबीच रेमिट्यान्समा निर्भर परिवारका लागि छिटो र थप किफायती रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउनेतर्फ केन्द्रित छ।  फोनपे र एनसीएचएलसँग मिलेर हामी सुरक्षित र रियल–टाइम भुक्तानी सोलुसन विस्तार गर्दैछौं, जसले आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारत र नेपालबीचको लामो समयदेखिको जनस्तरको सम्बन्धलाई अझ गहन बनाउनेछ।’

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार