जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा उपलब्ध

Technology Khabar २० असार २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । दुई पांग्रेका साथै ठूला गाडीहरुका लागि समेत आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा भित्रिएका छन् ।

एसडीआई अटोमोबाइल्स प्रालिले रिटेलर भेलाका साथ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ ।
सो अवसरमा जेके फेनर र यसका उत्पादनका वारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । सो अवसरमा उपत्यका र काभ्रे

जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जेके फेनर इन्डिया लिमिटेड जेके अर्गनाइजेसनको सदस्य हो । मेकानिकल पावर ट्रान्समिसन र सिलिङ सोलुुसनका लागि फेनर लोकप्रिय छ । विशेष गरी बेल्ट, आयल सिल किट आदि धेरै मात्रामा प्रयोगमा आएको पाइन्छ । रबर कम्पोनेन्ट र विशेष गरी बेल्ट, आयल सिल, होसेज आदिका लागि यो कम्पनी लोकप्रिय रहेको कम्पनीले जानकारी दियो ।

जेके ग्रुपले जेके टायरदेखि जेके पेपर, जेके सिमेन्ट, ट्रान्समिसन, बेल्टदेखि आयलसिल प्रोडक्ट उत्पादन गर्दैै आएको छ । कम्पनीले होसेज, ड्याम्पर रबर आदि टु ह्विलर र फोर ह्विलरका लागि थप उत्पादन उपलब्ध गराउँदै आएको छ ।

६ महिना पहिले देखि नेपालका लागि एसडीआई अटोमोबाइल्सले जेके फेनरको आधिकारिक विक्रेताको रुपमा कार्य गरिरहेको बताएको छ । टु ह्विलर, थ्री ह्विलर, फोर ह्विलर र ट्रक बस सेगमेन्टका सबै सवारी साधनमा यी उत्पादन प्रयोग गर्न सकिन्छ । स्कुटरदेखि ट्रक, टिपर, डोजर, लोडर सम्म सबै सवारी साधनमा जेके फेनरका उत्पादन प्रयोग गर्न सकिने एसडीआई अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए ।

प्रकाशित: २० असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया