कतार एयरवेजले एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट कतारमा आयोजना गर्दै

  • Technology Khabar | १९ असार २०७६, बिहीबार
कतार एयरवेजले एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट कतारमा आयोजना गर्दै

काठमाडौं ।

काठमाडौं । कतार एयरवेजले उड्डयन केन्द्रसँगको सहकार्यमा ५–६ फेब्रुअरी २०२० मा दोहामा सि.ए.पि.ए.कतार एभिएशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट फेरी आयोजना गर्ने भएको छ ।

२०१९ को फेब्रुअरीमा आयोजित मध्यपूर्वी क्षेत्रकै पहिलो एरोपोलिटिकल सम्मेलन अत्यन्तै सफल रहेको थियो जहाँ ‘दोहा डेक्लेरेशन’ सम्झौता भएको थियो । उक्त घोषणापत्रले अन्तर्राष्ट्रिय हवाई यातायातका लागि लचिलो नियामक संरचना स्थापना गर्न उदारीकरणको सिद्धान्तमा सबैको राजनैतिक प्रतिबद्धताका जनाएको थियो।

उक्त सम्मेलनले उड्डयन, कानुन तथा सरकारी क्षेत्रका ३५ भन्दा धेरै विशेषज्ञ वक्ताहरुबाट सुन्न ३०० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई जोड्न सफल रहेको थियो।

‘कतार एयरवेज २०२० मा सि.ए.पि.ए.कतार एभियेशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्न अत्यन्तै उत्साहित छ । भविष्यको रणनीतिक दिशा एवं हाम्रो यस उद्योगको चालु उदारीकरणको वादविवादलाई बढावा दिने छलफललाई निरन्तरता दिन यस उद्योगका अग्रणी तथा वरिष्ठ निर्णयकर्ताहरुलाई दोहामा स्वागत गर्न प्रतीक्षामा छौँ,’ कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले भने।

प्रकाशित: १९ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार