काठमाडौं ।
भारतमा कक्रोच जनता पार्टी (सीजेपी) ले आज जुलाई २० मा “चलो संसद” ‘मार्च’को घोषणा गरेको छ। हजारौं मानिसहरू पहिले नै दिल्लीको जन्तर मन्तरमा पुगिसकेका थिए मार्चमा सहभागी भएका थिए।
उक्त ‘मार्च’को प्रतिक्रियामा, भारत सरकारले जन्तर मन्तर वरपरको क्षेत्रमा इन्टरनेट सेवाहरू बन्द गराएको छ। दूरसञ्चार कम्पनीहरूले ग्राहकहरूलाई सन्देश सूचना पठाएर यो जानकारी सार्वजनिक गरेका हुन्।
केही मानिसहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूमा यस सूचनाको स्क्रिनसटहरू साझा गरेका छन्। उनीहरूले आफ्नो स्मार्टफोनमा टेलिकम कम्पनीबाट इन्टरनेट बन्द भएको बारेमा सन्देश प्राप्त गरेका छन्।

हाल, ककरोच जनता पार्टीका सदस्य सोनम वाङचुक दिल्लीको जन्तरमन्तरमा आमरण अनशनमा छन्। यो अनशनको मुख्य माग ‘नीट’ जस्ता परीक्षामा पेपर लीक को विरोध गर्नु, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्नु र शिक्षा प्रणालीमा सुधार रहेको छ।
राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले उनीहरूलाई लाउडस्पीकरमार्फत तितरबितर हुन आग्रह गरेको छ ।
प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तिहरू तथा परिवारसहितका सर्वसाधारण सहभागी भएका छन् । उनीहरूले भारतीय झण्डा बोकेर शिक्षामन्त्री प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् ।
‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो ।
प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई व्यापक बनाएका हुन् ।
प्रकाशित: ४ श्रावण २०८३, सोमबार