Technology Khabar १८ असार २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । वासिंग मेसिनमा राखिएको मोटर पावरले अरु के काम गर्दछ र भन्ने मानिसहरुको सोच पनि हुन्न् । सोहि मोटरलाई कारमा जोडियो भने के होला भन्ने कल्पना समेत तपाईँले गर्नुहुन्न । तर त्यस्तो वासिंग मेसिन मोटरबाट फर्मुला कार बन्दछ भन्ने प्रमाण आएको छ ।
इलेक्ट्रिोनिक्स उपकरणहरु बनाउने कम्पनी हायरले हालै वासिंग मेसिनको मोटर प्रयोग गरेर फर्मुला कार बनाएको छ । सो कार हायरको कन्फ्रेन्समा प्रदर्शन गरियो ।
हायरले हंगकंगको क्राफ्ट ब्याम्बु रेसिंग टिमसँगको सहकार्यमा सो प्रोटोटाइप बनाएको हो । सो कारमा ड्रम वासिंग मेसिनको मोटर प्रयोग गरिएको छ भने पावर स्रोतको रुपमा ब्याट्री सिस्टम राखिएको छ । सो कारको पावर हायर वासिंग मेसिनको मोटरबाट उत्पन्न हुन्छ ।
शुरुमा क्राफ्ट ब्याम्बुका इन्जिनियरहरुको टिमले मोटरको पावर टेष्ट गर्न मात्र सो परीक्षण गरेका थिए भने पछि थप परीक्षण तथा अनुसन्धान गरेका थिए । त्यसबाट हायरको वासिंग मेसिनले ६६० वाटको पावर उत्पन्न गर्ने र ४५ एनएमको टर्क पैदा गर्ने पत्ता लगाए । सोहि आधारमा उनीहरुले फर्मुला वान कार बनाउने लक्ष्य लिए ।
सो रेसिंग टिमले यात्रा गर्दा हावा र मेसिनरी प्रतिरोध गर्नको लागि एरोडायनामिक स्ट्रीमलाइन बडी डिजाइन र विकास गरेको थियो । एजेन्सी
प्रकाशित: १८ असार २०७६, बुधबार