सामाजिक सञ्जालको प्रयोग गरी आईपीओअघि संगठित संस्थाहरूबाट हुने पुँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमनको व्यवस्था मिलाइने

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
सामाजिक सञ्जालको प्रयोग गरी आईपीओअघि संगठित संस्थाहरूबाट हुने पुँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमनको व्यवस्था मिलाइने

काठमाडौं ।

नेपालको पूँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा कार्यहरू भइरहेका छन्।

नेपाल धितोपत्र बोर्डले हालै एक विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो।

बोर्डले पुँजी बजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने भएको छ।

लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखी बोर्डको आव २०८३।८४ को नीति तथा कार्यक्रमलाई समयबद्धरूपमा कार्यान्वयन गर्ने क्रममा देहाय अनुरूपका कार्यक्रमहरूलाई प्राथमिकतामा राखी अगाडि बढाउने बताएको छ।

विज्ञप्ति अनुसार धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइने छ।

लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई फिनफ्लुएन्सर्सहरूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यहरू उपर प्रभावकारी नियामकीय निगरानी गर्ने छ।

बोर्डबाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भैसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड सिडिएस एण्ड क्लिरिङ्ग लिमटेड तथा धितोपत्र दलाल व्यवसायी बीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाउने छ।

सूचीकरण पश्चातको कारोवारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने छ।

सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) अघि संगठित संस्थाहरूबाट हुने पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाइनेछ।

आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुयाउने दिशातर्फ अग्रसर हुने गरी बोर्डले तयार गरेको आगामी दशकको नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति एवं सोको कार्यान्वयन कार्ययोजना बोर्डको बेबसाइटमार्फत सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार