विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, यस्ता छन् आवश्यक योग्यता

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, यस्ता छन् आवश्यक योग्यता

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्रालयले  विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बद्ध सबैमा जानकारी गराएको हो। ‘विज्ञापन बोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकोले इच्छुक योग्य व्यक्तिले मिति २०८३/०४/०८ (शुक्रबार) कार्यालय समयभित्र दरखास्त पेस गर्न यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ।

यसका लागि मन्त्रालयले निम्नलिखित योग्यता हुनुपर्ने प्रावधान राखेको छ:

  • आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको
  • ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको
  •  कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको,
    कुनै कानूनले अयोग्य नभएको

यसबाहेक स्नातकोत्तर वा सो भन्दा माथिको शैक्षिक योग्यता भएमा र
सम्बन्धित क्षेत्रमा अतिरिक्त अनुभव भएमा प्राथमिकता दिइनेछ।

उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.moic.gov.np मा
उपलब्ध छ।

मन्त्रालयका अनुसार दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू यस्ता छन्:

संलग्न ढाँचा बमोजिमको आवेदन, दरखास्त फाराम र स्वघोषणा

नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि,
योग्यता समेत खुल्ने व्यक्तिगत विवरण

शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षता प्रमाणपत्र समेत

अनुभवको अवधि खुल्ने कागजातको प्रतिलिपी

नेपाली वा अङ्ग्रेजी भाषामा ए४ साइज कागजमा तयार गरिएको ३००० देखि ५००० शब्दको शिलबन्दी व्यावसायिक कार्ययोजना ( तीन प्रति )

बढीमा २० मिनेट प्रस्तुतीकरण समयका लागि तयार गरिएको व्यावसायिक कार्ययोजनाको सिलबन्दी गरिएको प्रस्तुतीकरण (तीन प्रति)

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार