बी.टेक (फुड टेक्नोलोजी) प्रवेश परीक्षामा ग्रेड सुधार परीक्षार्थीले पनि आवेदन दिन पाउने

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
बी.टेक (फुड टेक्नोलोजी) प्रवेश परीक्षामा ग्रेड सुधार परीक्षार्थीले पनि आवेदन दिन पाउने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) डीनको कार्यालयले स्नातक तह खाद्य प्रविधि (बी.टेक इन फुड टेक्नोलोजी) कार्यक्रमको प्रवेश परीक्षामा ग्रेड सुधार परीक्षार्थीले पनि आवेदन दिन पाउने भएका छन्।

डीनको कार्यालयले हालै एक सूचना जारी गर्दै मान्यता प्राप्त शिक्षण संस्था वा माध्यमिक विद्यालयबाट विज्ञान विषय लिएर कक्षा १२ वा सो सरहको परीक्षा दिएका र बढीमा दुई विषयमा नन ग्रेडेड (एनजी) भई ग्रेड सुधार परीक्षाको नतिजा आउन बाँकी रहेका परीक्षार्थीले समेत प्रवेश परीक्षाका लागि आवेदन दिन र परीक्षामा सहभागी हुन पाउने जानकारी दिएको हो।

ती परीक्षार्थीले भर्नाका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता भने अनिवार्य रूपमा पूरा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। न्यूनतम योग्यता पूरा गर्न नसकेमा उनीहरूलाई भर्ना गर्न नसकिने स्पष्ट पारिएको छ।

प्रवेश परीक्षासम्बन्धी अन्य व्यवस्था भने यसअघि प्रकाशित सूचनाअनुसार नै लागू हुने डीनको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार