काठमाडौं ।
संघीय संसद् भवनभित्र इन्टरनेट सेवामा समस्या देखिएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको छ।
इन्टरनेट सेवा अवरुद्ध भएपछि आजको बैठकको प्रत्यक्ष प्रसारण युट्युबमा अझै हुन सकेको छैन।
चार दिनपछि प्रतिनिधिसभाको बैठक आज बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो। त्यसअघि असार ५ गते बैठक सञ्चालन भएको थियो ।
आजको बैठकमा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । साथै, चारओटा अध्यादेश प्रतिस्थापन विधेयकलाई अघि बढाउने कार्यक्रम पनि तय गरिएको छ।
प्रकाशित: १८ असार २०८३, बिहीबार