काठमाडौं ।
फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डीजीओ र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्।
अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन “फाइनल_ फिफा वर्ल्ड कप २०२६ अल्टिमेट सब्सक्राइबर्स गिभअवे ” अभियान सञ्चालन गरिएको हो कम्पनीको भनाइ छ।
यस अभियान अन्तर्गत डीजीओ एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन्।
मुख्य आकर्षण र उपहारहरूको विवरण
विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनका लागि दुवै पास (सिजन र मोबाइल) खरिदकर्ताहरूलाई समेट्ने गरी बहु-स्तरीय पुरस्कारको व्यवस्था गरिएको छ:
सिजन पास विजेताहरूका लागि लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने)
मोबाइल पास विजेताहरूका लागि
१. डीजीओ एप डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्ने।
२. डीजीओ एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास वा मोबाइल पास खरिद गर्ने।
३. डीजीओ को आधिकारिक सामाजिक सञ्जाल खाताहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) फलो गर्ने।
नियम तथा योग्यता:
प्रकाशित: १४ असार २०८३, आईतवार