त्रिविमा बीटेक फुड टेक्नोलोजी अध्ययनका लागि आवेदन खुला, यसरी दिनुहोस् आवेदन

  • Technology Khabar | १४ असार २०८३, आईतवार
त्रिविमा बीटेक फुड टेक्नोलोजी अध्ययनका लागि आवेदन खुला, यसरी दिनुहोस् आवेदन

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानले शैक्षिक सत्र २०८३ का लागि बीटेक (फुड टेक्नोलोजी) कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ।

संस्थानले सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने चार वर्षे स्नातक तहको बीटेक (फुड टेक्नोलोजी) कार्यक्रमका लागि प्रवेश परीक्षा आवेदनसम्बन्धी सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो।

प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्दा हालसालै खिचिएको फोटो, नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र तथा अन्य आवश्यक कागजात अपलोड गर्नुपर्नेछ। आवेदन फाराम सफलतापूर्वक पेश गरेपछि प्राप्त हुने कन्फर्मेसन पृष्ठ प्रिन्ट गरी सुरक्षित राख्न संस्थानले आग्रह गरेको छ।

प्रवेश परीक्षा २०८३ भदौ ७ गते बिहान १० बजे सञ्चालन हुनेछ।

आवेदनका लागि न्यूनतम योग्यता

क) मान्यता प्राप्त शिक्षण संस्थावाट माध्यमिक शिक्षा वा सो सरहको १०+२ (विज्ञान) वा प्रविणता प्रमाणपत्र तह खाद्य / प्रयोगशाला प्रविधि वा प्रमाणपत्र तह वा सो सरहको परीक्षामा रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा फाइनल ग्रेड सी ल्याई कम्तीमा १०० पूर्णाङ्कको अङ्ग्रेजी विषय लिई उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्य विषयहरुमा कम्तीमा जीपीए १.६ प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ख) सीटीईभीटीबाट तीन वर्षे डिप्लोमामा अङ्ग्रेजी, रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ।

(ग) ए लेभल अध्ययन गर्नेको हकमा अङ्ग्रेजी, रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्कको विषय लिई प्रत्येक विषयमा कम्तीमा डी ग्रेड ल्याई उत्तीर्ण हुनुपर्नेछ।

(घ) विदेशी शैक्षिक संस्था वा विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेस गर्नुपर्नेछ ।

यसरी दिनुहोस् आवेदन

  • विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट https://jost.tu.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फाराम आवेदक स्वयम्‌ले भरी अनलाइनबाट नै सोही वेबसाइटमार्फत बुझाउनुपर्नेछ।
  • वेबसाइटमा अनलाइन फाराम २०८३ असार १५ गते सोमबारदेखि साउन २९ गते शुक्रबार सम्म नियमित शुल्क (१६५०/- अक्षरेपी एक हजार छ सय पचास मात्र) मा फाराम भर्न सकिनेछ। तोकिएको समयपछि अनलाइन फाराम स्वतः बन्द हुनेछ।
  • दोब्बर दस्तुर (३३०० तीन हजार तीन सय मात्र) तिरेर आगामी साउन ३० देखि भदौ ४ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।
  • अनलाइनबाट परीक्षा फारम भरेर सबमिट गरिसकेपछि तत्कालै प्राप्त हुने कन्फर्मेशन पेज प्रिन्ट गर्नुपर्नेछ।
  • प्रवेश परीक्षाको केही दिन अगाडिबाट अनलाइन माध्यमबाटै चरणबद्ध रुपमा प्रवेश पत्र उपलब्ध गराइनेछ।

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...