अमेरिकामा उपलब्ध हुने सामसङ ग्यालेक्सी जेड फ्लिप८ को चिपसेटको पुष्टि

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
अमेरिकामा उपलब्ध हुने सामसङ ग्यालेक्सी जेड फ्लिप८ को चिपसेटको पुष्टि
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङको आगामी ग्यालेक्सी जेड फ्लिप८ यो महिनाको सुरुमा एफसीसीद्वारा प्रमाणित गरिएको थियो। अब, एन्ड्रोइड अथोरिटीका मानिसहरूले एफसीसीले प्रकाशित गरेको कागजातहरूमा गहिरो अध्ययन गरेका छन्। उनीहरूले फोन स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा संचालित हुने स्पष्ट पुष्टिकरण फेला पारेका छन्।

एसओसीमा ‘एसएम८८५०’ मोडेल नम्बर भएको तस्बिर देखा परेको छ। त्यसैले, ग्यालेक्सी जेड फ्लिप८ निश्चित रूपमा अमेरिकामा क्वालकमको पछिल्लो र सबैभन्दा ठूलो चिप द्वारा संचालित हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

कोरिया र युरोपले मात्र एक्सिनोस २६०० एसओसी भएको फोन देख्ने अघिल्लो रिपोर्टले बताएको छ। त्यसैगरी संसारको अन्य सबै भागले पनि स्न्यापड्रागन पाउने उल्लेख गरिएको छ।

फ्लिप८ मा क्रिज–मुक्त डिस्प्ले र नयाँ हिञ्ज समावेश गरिने हल्ला रहेको छ। यो डिभाइस २५६/५१२जीबी स्टोरेजको साथ क्रिम, ग्रेफाइट, मिन्ट र गुलाबी रङ्गहरूमा उपलब्ध हुनेछ।

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...