काठमाडौं ।
गुगल क्रोमको विस्तारित अटोफिल क्षमताहरू अब एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध हुने भएका छन्। उदाहरणका लागि, प्रयोगकर्ताले फ्लाइट चेक–इन र पार्किङ भुक्तानीहरूमा समय बचत गर्न सक्नेछन्। साथै अटोफिलले मोबाइल र डेस्कटपमा गुगल वालेटसँग समावेश गरिने भएको छ।
क्रोमले प्रयोगकर्ताको गुगल वालेटबाट ड्राइभरको इजाजतपत्र विवरणहरू, राहदानी जानकारीका साथै नन ट्राभलर नम्बर जस्ता जानकारी स्वतः भर्न सक्नेछ। तर यदि ती विवरणहरू गुगल वालेटमा सेभ गरिएको छैन भने प्रयोगकर्ताले पहिलो पटक इन्ट्रि गर्दा तिनीहरूलाई सिधै क्रोमबाट थप्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
क्रोमले प्रयोगकर्ताको अनुमति लिएर मात्र प्रयोगकर्ताको जानकारी सेभ गर्ने वा भर्ने र संवेदनशील डाटा इन्क्रिप्ट गरिएको गुगलले बताएको छ। प्रयोगकर्ताले क्रोमको सेटिङहरूको “अटोफिल र पासवर्डस” खण्डमा आफ्नो डाटा व्यवस्थापन वा अपडेट गर्न सक्नेछन्।
प्रकाशित: ११ असार २०८३, बिहीबार