सामसङले यूएफएस ५.० स्टोरेजको घोषणा गर्यो

  • Technology Khabar | ११ असार २०८३, बिहीबार
सामसङले यूएफएस ५.० स्टोरेजको घोषणा गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले आफ्नो अर्को पुस्ताको यूएफएस ५.० स्टोरेज स्ट्यान्डर्डको विकासको घोषणा गरेको छ। कम्पनीले नयाँ स्टोरेज प्रविधिले हालको यूएफएस ४.१ सलुसनको तुलनामा दोब्बर पर्फर्मेन्स (प्रदर्शन) प्रदान गर्ने दाबी गरेको छ।

कम्पनीका अनुसार, नयाँ स्टोरेज प्रविधिले ल्याटेन्सी (विलम्बता) कम गर्न र अन–डिभाइस ठूला भाषा मोडेलहरू (एलएलएमहरु) को लागि रेसपोन्स (प्रतिक्रिया) समय सुधार गर्न मद्दत गर्नेछ।

नयाँ यूएफएस ५.० स्ट्यान्डर्ड जेईडीईसीको पछिल्लो एम्बेडेड स्टोरेज इन्टरफेस स्पेसिपिकेसनमा आधारित छ र १०.८जीबी/एस सम्मको सिक्वेन्सल रिड स्पिड र ९.८जीबी÷एस सम्मको सिक्वेन्सल राइट स्पिड प्रदान गर्दछ। सामसङका अनुसार, यसले यूएफएस ५.० लाई आफ्नो हालको यूएफएस ४.१ स्टोरेज सलुसन भन्दा दोब्बर तिव्र बनाउनँछ।

सामसङले नयाँ स्टोरेज सलुसन यूएफएस ४.१ भन्दा ४० प्रतिशत भन्दा पनि बढी पावर इफिसियन्ट भएको दाबी गरेको छ। थप रूपमा, समग्र प्याकेज पनि १६.७ प्रतिशत सानो रहेको जीएसएमएरिनाले गरेको छ।

यो वर्षको चौथो त्रैमासिकमा यूएफएस ५.० को बृहत उत्पादन सुरु हुने तय भएको र नयाँ स्टोरेज सलुसनमा १ टीबी सम्मको क्षमतामा उपलब्ध हुनेछ।

प्रकाशित: ११ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...