मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने मोबिलनको दाबी

  • Technology Khabar | ५ असार २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ।

कम्पनीले हालै अर्को कम्पनीलाई दिईएको टेण्डरमा आफू योग्य भएको भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चर कम्पनीले प्राधिकरणसँग दाबी गरेको हो।

हालै प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै अर्को प्रतिस्पर्धी कम्पनी मलेशियाको नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कम्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरलाई छनौट गरेको थियो ।

तर मोबिलनले भने आफू योग्य भएको दाबी गर्दै सो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने बताएको हो । कम्पनीले प्राधिकरणलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७(१) बमोजिम पुनरावलोकन गरि पाउँ भनि निवेदन दिएको छ ।

तर प्राधिकरणले भने मोबिलनले हाल एनसेल प्रालिको काम गरिरहेको भन्दै अर्को प्रतिस्पर्धी कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कम्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरलाई मोबिलनको भन्दा कम रकम कबोल गराउँदै टेण्डर दिएको जनाएको थियो ।

नूमेराले सो प्रणाली राख्ने काम मोबिलनले प्रस्ताव गरेभन्दा कम रकममा गर्न स्वीकार गरेपछि मात्र टेण्डर पाएको हो।

प्रकाशित: ५ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया