म्याङलुङका अतिविपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण

  • Technology Khabar | २६ जेष्ठ २०८३, मंगलवार
म्याङलुङका अतिविपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण
एआईद्वारा निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

म्याङलुङ नगरपालिकाले वडा नं १ का अतिविपन्न ८६ घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

कार्यपालिका सदस्य कोषको २० प्रतिशत लागत साझेदारीमा प्रतिघरधुरी एउटा चुल्हो वितरण गरिएको नगरपालिकाका अधिकृत हरिराज खत्रीले जानकारी दिए। सोमबार एक कार्यक्रमको आयोजना गरी ग्यास चुलो वितरण गरिएको उनले बताए।

ग्यासको अभाव झेलिरहेका गरिब, दलित तथा पिछडिएका समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको कार्यपालिका सदस्यविना नेपालीले बताइन्। रासस

प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...