अब यो स्मार्ट ग्लासले चाँडै नै तपाईंको छेउबाट को हिँडिरहेको छ भनेर थाहा पाउन सक्छ

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
अब यो स्मार्ट ग्लासले चाँडै नै तपाईंको छेउबाट को हिँडिरहेको छ भनेर थाहा पाउन सक्छ
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

प्रविधि पत्रिका वायर्डले मेटा एआई एप्लिकेसन कोडमा नेमट्याग र कनेक्सन्स फङ्गसनहरूको सन्दर्भहरू पत्ता लगाएको छ भने यो स्मार्ट स्मार्ट ग्लासेस मार्फत अनुहार पहिचान प्रविधिसँग सम्बन्धित देखिएको बताइएको छ।

हाल यी सुविधाहरू असक्षम पारिएको भए तापनि आवश्यक कोड पहिले नै एप्लिकेसनको पछिल्लो संस्करणमा उपलब्ध रहेको टेलीग्राफले रिपोर्ट गरेको छ।

यो सुविधा एक्टिभ गरिएको खण्डमा मानिसहरूको सहभागिता वा सहमति बिना ग्लासेसले आफ्नो वरपरका मानिसहरूको अनुहार विश्लेषण गर्न सक्ने उल्लेख गरिएको छ।

सबैभन्दा रोचक कुरा के हो भने मेटा कम्पनीले पहिले नै बायोमेट्रिक डाटा सङ्कलन गरेको आरोपको सामना गरिसकेको छ।

अरबौं डलर जरिवाना तिरेपछि कम्पनीले एक अर्बभन्दा बढी मानिसहरूको बायोमेट्रिक प्रोफाइल भएको डाटाबेस मेटाउने वाचा गरेको छ।

साथै पछिल्लो पटक फेला परेको तथ्यले फेरि एक पटक गोपनीयता र सार्वजनिक स्थानहरूमा मानिसहरूलाई पहिचान गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा चिन्ता उत्पन्न गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...