
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस२६ सिरिजको लागि दुईओटा एन्ड्रोइड १७–आधारित वान यूआई ९ बिटा अपडेटहरू जारी गरेको छ। साथै कम्पनीले अब अघोषित ग्यालेक्सी एस२६ एफईको लागि वान यूआई ९ को पनि परीक्षण गरिरहेको छ।
त्यसैगरी ब्रान्डले अब ग्यालेक्सी एस२५ सिरिजका स्मार्टफोनहरूको लागि आन्तरिक परीक्षण सुरु गरेको सुन्नमा आएको छ।
सामसङले परीक्षण गरिरहेको वान यूआई ९ को बिल्ड संस्करणको बारेमा थाहा नभएको तर कोरियाली ब्रान्डले आगामी हप्ताहरूमा ग्यालेक्सी एस२५ लाइनअपको लागि पहिलो वान यूआई ९ बिटा जारी गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
सामसङले आगामी फोल्डिङ स्मार्टफोनहरूका साथ वन यूआई ९ ले आधिकारिक डेब्यू गर्ने बताएको छ। सामसङले यो वर्ष ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा गरी तीनओटा फोल्डिङ स्मार्टफोनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ।
अफवाहहरूले यी स्मार्टफोनहरू आगामी २२ तारिखमा लन्डनमा एक कार्यक्रममा अनावरण गरिने दाबी गरेका छन्।
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार