
काठमाडौं ।
आगामी आईफोन १८ प्रो म्याक्सको एल्युमिनियम फ्रेमको रङहरू लीक भएका छन्। डिभाइसको एल्युमिनियम बडी फ्रेमहरू “डार्क चेरी”, “क्लाउड ब्लू” र ब्ल्याक (कालो) गरी तीनओटा रङमा लीक भएका छन्।
यी रङहरू एप्पलको मार्केटिङ्ग सर्तहरूमा सामेल हुनेछन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन। तर कम्पनीले लामो समयदेखि “डार्क चेरी/रेड वाइन” प्रकारको कलरवे प्रस्तुत गर्ने हल्ला चलिरहेको छ। साथै यो कलरवे (रङ) आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको लागि हिरो रङ हुने बताइएको छ भने हालको यो लीकले यो (डार्क चेरी/रेड वाइन) लाई राम्रोसँग देखाएको छ।
“क्लाउड ब्लू” पनि एक आकर्षक र उज्यालो रङ भएको तर एप्पलको म्याकबुक एयरको लाइट ब्लू (हल्का नीलो) रङ जत्तिकै लगभग चाँदी जस्तो धेरै उज्यालो नभएको उल्लेख गरिएको छ। आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स आगामी सेप्टेम्बरमा आईफोन अल्ट्रासँगै अनावरण हुने अपेक्षा गरिएको छ भने आईफोन १८ र आईफोन १८ई अर्को वसन्तमा सँगै लन्च हुनुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार