
काठमाडौं ।
ग्यालेक्सी जेड फोल्ड८ भनिने हल्ला रहेको सामसङको आगामी वाइड ग्यालेक्सी फोल्डको नयाँ लीकहरु बाहिरिएका छन्।
एक्समा देखा परेका धेरै पोस्टहरूमा टिपस्टर आइस युनिभर्सले फोल्ड८ को धेरै प्रमुख स्पेक्सहरूको विस्तृत रूपमा वर्णन गरेको छ। टिपस्टरले एक्सको पोस्टमा डिभाइसको तौल २०१ ग्राम हुने बताएको छ। सन्दर्भको लागि फोल्ड८ सँग समान अनुपात राख्ने ह्वावेको पुरा एक्स म्याक्सको तौल २२९ ग्राम रहेको छ।
सामसङको फ्ल्यागसिप ग्यालेक्सी एस२६ अल्ट्राको तौल २१४ ग्राम रहेको छ। गत वर्षको ग्यालेक्सी २५ अल्ट्राको तौल २१८ ग्राम र जेड फोल्ड७ को तौल २१५ ग्राम रहेको जीएसएमएरिनालें रिपोर्ट गरेको छ।
फोल्ड८ (वाइड) अनफोल्ड गर्दा केवल ४.५ एमएम मापन गर्ने थप उल्लेख गरिएको छ। यो डिभाइसले ५.२ एमएम मापन गर्ने ह्वावेको पुरा एक्स म्याक्सलाई पछि पार्ने बताइएको छ। तर फोल्ड८ (वाइड) भने अझै पनि अनफोल्ड गर्दा ४.२ एमएम मापन गर्ने जेड फोल्ड७ भन्दा अलि ठूलो हुने बताइएको छ।
त्यसैगरी, आइस युनिभर्सका अनुसार जेड फोल्ड८ मा ४५वाट वायर्ड चार्जिङ समर्थन गर्ने ४,८०० एमएएच ब्याट्री हुनेछ। फोल्डेबलमा सामसङको २४ मेगापिक्सेल रिजोल्युसन मोडको लागि नेटिभ समर्थनको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिने अपेक्षा गरिएको छ। जेड फोल्ड८ ले ४ः३ आसपेक्ट रेसियो र न्यूनतम डिस्प्ले क्रिजको साथ ७.६ इन्चको भित्री स्क्रिन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार