नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले उठायो एकैदिन २३ लाख ७१ हजार राजस्व

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले उठायो एकैदिन २३ लाख ७१ हजार राजस्व
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।

काठमाडौं ।

बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ११९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने १४४ र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार