
काठमाडौं ।
एउटा नयाँ लीकले एप्पलको अफवाहित फोल्डेबल स्मार्टफोनको बारेमा अर्को प्रमुख विवरणको खुलासा गरेको छ। एप्पलको पहिलो पहिलो फोल्डेबल आईफोनलाई व्यापक रूपमा आईफोन अल्ट्राको रूपमा लन्च गरिने अपेक्षा गरिएको छ।
वेइबोमार्फत एक टिपस्टरले एप्पलको फोल्डेबल फोनमा सुधारिएको थर्मल इफिसियन्सीको लागि भेपर चेम्बर हुने विवरणको खुलासा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एप्पलले आईफोन अल्ट्राको लागि ‘प्रभावशाली भीसी कूलिङ पर्फर्मेन्स’ हासिल गरेको टिपस्टरले दाबी गरेको छ। साथै एप्पलको पहिलो फोल्डेबलमा पातलो चेसिस रहने अफवाह गरिएको छ।
पातलो डिजाइनको कारणले गर्दा ठाउँको सीमितता भए तापनि एप्पलले डिभाइसमा भेपर चेम्बर कूलिङ प्रणाली सफलतापूर्वक समावेश गरेको बताइएको छ।
त्यसैगरी टिपस्टरले अर्को पोस्टमा आईफोन अल्ट्राले लिक्विड मेटल हिञ्ज प्रयोग गर्ने दावी गरेको छ। लीक्सटर्सहरुले डिभाइस आगामी सेप्टेम्बरमा लन्चको लागि ट्र्याकमा रहेको सुझाव दिएका छन्।
एप्पलले पहिलो पटक आईफोन १७ प्रो र १७ प्रो म्याक्समा भेपर चेम्बर कूलिङ प्रस्तुत गरेको थियो।
प्रकाशित: २० जेष्ठ २०८३, बुधबार