ईईले बेलायतका २५ वटा कार्यक्रम तथा ३० वटा सहरमा आफ्नो फाइभजी प्लस नेटवर्क उपलब्ध गराउने

  • Technology Khabar | १९ जेष्ठ २०८३, मंगलवार
ईईले बेलायतका २५ वटा कार्यक्रम तथा ३० वटा सहरमा आफ्नो फाइभजी प्लस नेटवर्क उपलब्ध गराउने
सांकेतिक तस्विर। फ्रिपिक डटकमबाट।

काठमाडौं ।

ईईले यो गृष्मऋतुमा बेलायतका २५ वटा कार्यक्रम तथा ३० वटा सहरमा आफ्नो फाइभजी प्लस नेटवर्क उपलब्ध गराउने भएको छ।

यी कार्यक्रमहरूमा बीएसटी हाइड पार्क, आइल अफ विट फेस्टिभल, रिडिङ एण्ड लीड्स फेस्टिभल, सिल्भरस्टोनमा आयोजना हुने फर्मुला वन ब्रिटिश ग्राँ प्रि तथा ग्लासगोमा हुने २०२६ कमनवेल्थ गेम्स समावेश छन्।

कम्पनीले किल्टार्लिटीमा हुने बेलाड्रम टार्टन हार्ट फेस्टिभल, डेभन काउन्टी शो र बिल्थ वेल्समा हुने रोयल वेल्श शोजस्ता क्षेत्रीय कार्यक्रमहरूमा पनि फाइभजी प्लसउपलब्ध गराउनेछ, जहाँ स्थायी फाइभजी प्लससेवा पनि सञ्चालनमा ल्याइएको छ।

उत्सव तथा अन्य कार्यक्रमका लागि प्रयोग गरिने अस्थायी मोबाइल साइटहरूमा फाइभजी प्लससेवा सक्रिय गरिनेछ। यसबाट ग्राहक तथा व्यवसायहरूले विशेषगरी दुर्गम स्थानमा आयोजना हुने कार्यक्रमहरूमा वा हजारौं मानिसले एकै समयमा मोबाइल नेटवर्क प्रयोग गर्दाअझ राम्रो कनेक्टिभिटी पाउने अपेक्षा गरिएको छ।

नेटवर्क स्तरोन्नतिसँगै कम्पनीले फाइभजी प्लसको विश्वसनीयता र क्षमता सम्बन्धी फाइदाहरूलाई केन्द्रमा राखेर नयाँ विज्ञापन अभियान पनि सुरु गरेको छ। ईईका अनुसार मार्चदेखि अप्रिलबीच फाइभजी प्लसको ग्राहक प्रयोग ११ प्रतिशतभन्दा बढीले बढेको छ र यसको कभरेज तीव्र रूपमा विस्तार भइरहेको छ।

कम्पनीका अनुसार फाइभजी प्लससेवा अहिले बेलायतको ७५ प्रतिशत जनसंख्यासम्म पुगेको छ। पछिल्लो विस्तारपछि यो प्रविधिले इङ्ग्ल्यान्डमा ४ करोड ४० लाखभन्दा बढी, वेल्समा २१ लाखभन्दा बढी, स्कटल्यान्डमा ३३ लाख र उत्तरी आयरल्यान्डमा करिब १० लाख मानिसलाई समेटेको छ।

टेलिकम्स डटकमका अनुसार डम्बार्टन, ईस्ट किलब्राइड, ईस्टली, फल्कर्क, फ्लिन्ट, हेब्डेन ब्रिज, होलीवेल, लिसबर्न, मोनमाउथ, मदरवेल, न्यूपोर्ट (आइल अफ वाइट), पोन्टीप्रिड,  पोर्थकाउल, राइल, रिस्का, रोसलिन, सेन्ट आइभ्स (क्याम्ब्रिजशायर), स्ट्राउड, टोनीपाण्डी, टोरक्वे, वेस्टन-सुपर-मेयर, ह्वाइटहेभन, ह्विट्ली बे, विन्चेस्टर, बेलीन्हिन्च, ब्ल्याकपुल, ब्ल्याकवुड, बोर्नमाउथ, कान्भी आइल्यान्ड, चेप्स्टो, चेस्तर-ले-स्ट्रीट, कोलरेन, डावलिश लगायतका पर्यटकीय गन्तव्य तथा सहरहरूमा पनि फाइभजी प्लससेवा विस्तार गरिएको छ।

बीटीका प्रमुख सुरक्षा तथा नेटवर्क अधिकृत ग्रेग म्याककलले गर्मीयाम सुरु भएसँगै सहरका केन्द्र तथा पर्यटकीय क्षेत्रहरूमा भीड बढ्ने भएकाले छिटो, सुरक्षित र भरपर्दो मोबाइल सेवाको आवश्यकता अझ महत्वपूर्ण बनेको बताए। उनका अनुसार ईईको फाइभजी प्लससेवा यही उद्देश्यका लागि विकसित गरिएको हो। भीडभाडयुक्त उत्सवस्थलबाट भिडियो कल गर्ने वा किनमेलका क्रममा परिवारसँग सम्पर्कमा रहने ग्राहकहरूले अझ भरपर्दो कनेक्सन पाउनेछन्।

उनले कम्पनीले बेलायतको उत्कृष्ट मोबाइल नेटवर्कमार्फत ग्राहकलाई सबैभन्दा भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तर अगाडि बढाइरहेको बताए। पछिल्ला फाइभजी प्लसस्तरोन्नतिमा गरिएको लगानीमार्फत मार्च २०३० सम्म बेलायतको ९९ प्रतिशत जनसंख्यामा उच्चस्तरीय फाइभजी प्लससेवा पुर्‍याउने लक्ष्यतर्फ अघि बढिरहेको उनले बताए।

ईईले एआरसी (एडभान्स्ड आरएएन कोअर्डिनेशन) प्रविधिको विस्तारबारे पनि जानकारी दिएको छ। यसले एकअर्काको नजिक रहेका मोबाइल साइटहरूलाई वास्तविक समयमा क्षमता साझेदारी गर्न सक्षम बनाउँछ, जसबाट थप टावर नथपी नेटवर्कको कार्यसम्पादन, विशेषगरी डाउनलोड गति, २० प्रतिशतसम्म बढाउन सकिने बताइएको छ।

एआरसी सेवा एडिनबरा, म्यानचेस्टर र लण्डनमा सञ्चालनमा आइसकेको छ भने लिभरपुल, शेफिल्ड, कार्डिफ, ग्लासगो, न्युकासल र लीड्समा विस्तार गरिँदैछ।

प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार