वैदेशिक रोजगारीबाट फर्किने नेपालीले अबदेखि ६५ इन्चसम्मको टेलिभिजन ल्याउँदा भन्सार महसुल नलाग्ने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
वैदेशिक रोजगारीबाट फर्किने नेपालीले अबदेखि ६५ इन्चसम्मको टेलिभिजन ल्याउँदा भन्सार महसुल नलाग्ने

काठमाडौं ।

वैदेशिक रोगजारबाट फर्किने नेपालीहरुलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप सुबिधा दिएको छ।

सरकारले श्रम स्वीकृति लिई वैदेशिक रोगजारबाट फर्किएका नेपाली नागरिकहरुको हकमा दिने महसुल छुट सुबिधा बढाई ६५ इन्चसम्मको टेलिभिजन ल्याउन दिने भएको हो।

यस्तो सुबिधा वैदेशिक रोजगारका लागि लगातार १२ महिना विदेशमा बसी फर्किएकाको हकमा मात्र लागू हुने लेखिएको छ।

अहिलेसम्म यस्तो सुबिधाअन्तरगत वैदेशिक रोजगारबाट फर्किँदा ३२ इन्चसम्मको टिभी मात्र महशुल छुटमा ल्याउन पाइन्थ्यो।

तर, सरकारले मोबाइल फोनको सुबिधामा भने कुनै परिवर्तन गरेको छैन्। नयाँ व्यवस्थामा पनि वैदेशिक रोजगारीबाट ६ महिना पछि नेपाल फर्किँदा आफूले प्रयोग गरेको एक थान सेलुलर मोबाइल फोन र अर्को एक थान मोबाइल फोन छुटमा ल्याउन सकिने सुबिधा छ।

तर यस्तो सुविधा रेकर्ड राखेर एक पटकका लागि मात्र पाईने उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार