बूढानीलकण्ठ नगरपालिकाले एआईको समयमा नगर शासन प्रणालीसम्बन्धी गोष्ठी गर्दै, अनलाइन आवेदन दिन सकिने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
बूढानीलकण्ठ नगरपालिकाले एआईको समयमा नगर शासन प्रणालीसम्बन्धी गोष्ठी गर्दै, अनलाइन आवेदन दिन सकिने

काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिकाले कृत्रिम बौद्धिकता (एआई) को युगमा नगर शासन प्रणालीलाई पुनःपरिभाषित गर्ने विषयमा सम्मेलन आयोजना गर्ने भएको छ। नगरपालिकाको नगर युवा परिषद्ले “Reshaping Municipal Governance in the Age of Artificial Intelligence” शीर्षकमा सम्मेलन आयोजना गर्न लागेको हो।

नगरपालिकाले हालै एक सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो आग्रह गरेको हो। सम्मेलनको उद्देश्य स्थानीय शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह तथा नगर प्रशासनमा एआईको भूमिकाबारे छलफल गर्नु र नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

सम्मेलनमा नीति निर्माता, नगर नेतृत्व, सरकारी अधिकारी, विज्ञ, अनुसन्धानकर्ता, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, स्टार्टअप, तथा युवा नवप्रवर्तकहरूको सहभागिता रहनेछ।

सम्मेलनमा सहभागी हुन इच्छुकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ साल जेठ २४ गते तोकिएको छ। कार्यक्रमको स्थान भने पछि तय गरिने सूचनामा उल्लेख छ।

नगरपालिकाका अनुसार सीमित सिट उपलब्ध हुने भएकाले विषयगत क्षेत्र र संस्थागत प्रतिनिधित्वका आधारमा छनोटलाई प्राथमिकता दिइनेछ।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...